कैलालीमा थप दुई जनामा हैजा पुष्टि

ट्रेन्डिङ

कैलाली १३ साउन

कैलालीमा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए ।

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए । नमुना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उनले जानकारी दिए । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।रासस

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026