नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

ट्रेन्डिङ

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर सदस्य ठाकुर पौडेलको निधन भएको छ ।

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ बरबोटका ४६ वर्षीय पौडेलको भारतको पंजाब राज्यको संगरुरस्थित कोठामा सुतेको अवस्थामा ४ जुन २०२५ का दिन निधन भएको हो ।

पौडेल आफू सुतेको कोठामा मृत अवस्थामा रहेको थाहा पाएपछि मूल प्रवाहले स्थलगत निरीक्षण समेत गरि पुलिस रिपोर्ट गरेको थियोे ।

दिवंगत पौडेलको शव बुधबार मृतकका साडु शालिकराम पौडेल र भाइ मिलन पौडेलको जिम्मा लगाएर नेपाल पठाइएको रामु खनालले जानकारी दिनु भएको छ।

मूल प्रवाह संगरुर नगर सदस्य एवम् सांस्कृतिक विभागका नेता ठाकुर पौडेलको दुःखद निधनप्रति मूल प्रवाह संगरुरले शोक व्यक्त गरेको छ । शोक पत्रमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

  • प्युठानको मल्लरानी गाउँपालिका–३ बरबोट निवासी सुवाराम पौडेलका छोरा ठाकुर पौडेल यसअघि वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका बेला त्यहाँबाट युगदर्शन सम्वाददाताको रुपमा पनि काम गर्नु भएको थियोे । स्रोत मार्गदर्शन

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026