गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

ट्रेन्डिङ

पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।

गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासङ्घ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो ।

अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको “स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’’ विषयक अन्तर्क्रियाका क्रममा पत्रकारहरूलाई नगद पाँच हजार पाँच सय रुपियाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

पत्रकारलाई सम्मानित गर्नुहुँदै गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकामा बारेमा बोलेका थिए ।

समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेको भन्दै पहिलो चरणमा तीन जना सक्रिय पत्रकारलाई सम्मान गरिएको अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रकाशक प्रकाश डुम्रेले जानकारी दिनुभयो । पत्रकार र पत्रकारितालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका लागि अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

सो अवसरमा सञ्चारिका समूह स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । यस्तै २०८२ को क्यालेन्डर समेत सामूहिक रूपमा विमोचन गरिएको थियो ।

राधा कृष्ण डुम्रे  गोर्खा पत्र

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026