सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

ट्रेन्डिङ

आयोजक मुल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति, महिला विभाग 

 

बाल कृष्ण पंगेनी

नेपाली महिलाहरुको  महान पर्व हरितालिका तीजको अवसरमा वृहत सस्कृतिक कार्यक्रम सहित आयोजना गरि चण्डीगढको सेक्टर ३० मा आयोजना हुने भएको छ ।

आयोजक मुल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति महिला विभाग रहेको आयोजक कमिटी सदस्य तथा सामाजिक व्याक्तित्व लिला बहादुर विस्वकर्माले अरव नेपाल खवरलाई जानाकारी गराउनु भएको छ ।

कार्यक्रममा चण्डीगढ , मोहाली देराबस्सी लगाएत पायक पर्ने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई उपस्थितिको लागि अपिल पत्र पठाई सकिएको र प्रचार प्रसारमा कुनै कमी हुन नदिएको तर कहि कतै कार्यक्रमको जानकारी नभएमा यो समाचारलाई आधार मानेर उपस्थित हुन पनि सामाजिक अभियान्ता तथा प्रचार प्रसार समिति सद्स्य लिला बहादुर विस्वकर्माले अनुरोध गर्नु भएको छ । वहाले यो पनि थप्नु भएको छ कार्यक्रम स्थलमा प्रहरीको निगरानी रहने हुदा उपस्थित सबै जना अनुशासित तरीकाले अल्कोहल रहित भएर कार्यक्रम सफल बनाई दिन पनि सवै उपस्थित नेपाली दाजु भाई दिदी बहिनीहरुमा आग्रह गर्नु भएको छ ।

नेपाली महिलाहरुको महान पर्व मनाउदा त्यस्तो कुनै अपृय घटना रहित रहि नेपालीको परिचय पेश गर्नु हामी सबैको कर्तव्य पनि हो । कार्यक्रम २६ अगस्त २०२५ मङलवार बाबा माखन शाह लोवाना भवन सेक्टर ३० ए चण्डीगढमा हुने जनाएको छ । कार्यक्रम स्थल पुग्न असहज भएमा ९८१४८०७४०२/९८८८८७३४८० वा ९८१५९८५६७७ मा सम्पर्क गरि कार्यक्रम्।स्थलमा पुग्न सकिने पनि आयोजक समितिले जानाकारी दिएका छ्न ।

कार्यक्रम दिनको अपरान्ह १२ बजे देखि सन्चालन हुने पनि जानकारी अरवनेपाल्डटकमलाई मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष मान बहादुर के सी ले जानाकारी दिनु भयो ।र वहाले थप्नु भयो , मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत स्थित नेपालीहरुको हकहित र भैपरि आउने समस्यासङ्ग हातेमालो गर्दै नेपालीहरुमा पर्ने समस्याको समाधान गर्दै आएको गैर नाफामुलक राजनितिक भात्री सङठन हो । 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026