रास्वपा संसदीय दलको बैठक बस्दै

ट्रेन्डिङ

काठमाडौं २९ साउन 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। अहिले बिहान साढे १० बजे बस्नेगरी बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतकामा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा दिउँसो प्रतिनिधिसभामा पेश हुने कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन सम्बन्धमा साझा धारणा बनाइने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने जनाइएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026