भारतले आज आफ्नो ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै

ट्रेन्डिङ

साउन ३१ 

भारतले आज आफ्नो ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै छ। १९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्। ‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री मोदीले आज देशको विकाससँग सम्बन्धी आफ्नो विचार प्रस्तुत गर्नेछन्।

लालकिलामा आयोजन हुने विशेष समारोहलाई ध्यानमा राखि दिल्लीको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। समारोहमा ६ हजारभन्दा बढी विशेष अतिथिले सहभागीता जनाउने छन् भने विभिन्न राज्य, समुदायका व्यक्तिहरूले झाँकी, परेड लगायतका प्रस्तुत गर्नेछन्। स्वतन्त्रता दिवसको अवसरमा भारतमा आज सार्वजनिक विदा दिइएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026