डेंगु ज्वरो कसरी हुन्छ ? जान्नुहोस् यसको लक्षण, रोकथाम र उपचार

ट्रेन्डिङ

काठमाडौँ  ३१ साउन  

डेंगु ज्वरो ‘आर्बाेभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ ।डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने गर्छ। डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्न थाल्छ। यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ अन्यथा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ। डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार डेंगु संक्रमण विश्वका १०० भन्दा बढी देशहरूमा देखा पर्ने एक सामान्य समस्या हो र करिब तीन अर्ब मानिस डेंगु प्रभावित क्षेत्रमा बसोबास गर्छन्।

डेंगुको लक्षणहरू

डेंगुको लक्षण संक्रमण भएको ४ वा ६ दिनपछि देखिन्छ ।

१. ज्वरो अत्यधिक आउनु
२. टाउको दुख्नु
३. आँखा दुख्नु
४. मांसपेशी र जोर्नी दुख्नु ,तल्लो ढाड दुख्ने

५. थकाई लग्नु
६. वाकवाकी लाग्नु वा वान्ता हुनु
७. छालामा रातो दागहरू देखा पर्नु

यद्यपि, गम्भीर अवस्थाहरूमा DHF (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ। यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरिरबाट प्लेटलेट्स कम हुँदै जान्छ। यस्तो अवस्थामा निम्न लक्षणहरू देख्न सकिन्छ:

१. पेट दुख्ने
२. बारम्बार वान्ता आउने
३. गिजा वा नाकबाट रगत बग्ने
४. सास फेर्न गाह्रो हुनु
५. थकित महसुस हुनु
६. चिडचिडापन हुनु

डेंगु ज्वरो को उपचार

डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन। यसमा केही घरेलु उपचार निकै प्रभावकारी हुन सक्छन् । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ। अत्यन्तै गम्भीर अवस्थामा, रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेंट दिनुपर्छ। केही अवस्थामा, ब्लड प्रेसर मोनिटरिंग र ब्लड ट्रांस्फ्यूजनमार्फत पनि उपचार गरिन्छ। डेंगु भएको बेला कहिले पनि आफै एस्पिरिन वा इबुप्रोफेन जस्ता औषधिहरू सेवन नगर्नुहोस्।

डेंगु ज्वरोको रोकथाम

१.बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
२.पूरै शरिर ढाक्ने लुगा लगाउने ।
३.साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने ।
४.पानी जम्मा गरेर नराख्ने।
५.बाहिरी चराहरू वा घरपालुवा जनावरहरूको पानी नियमित रूपमा परिवर्तन गर्ने।
६.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026