बागमती प्रदेशमा गाइजात्राको दिन सार्वजनिक बिदा

ट्रेन्डिङ

काठमाडौँ ३२साउन

बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनले बताए ।

उक्त निर्णयसँगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026