मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, २५ जना घाइते

ट्रेन्डिङ

चितवन ७ भदौ 

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रुवाहक बस पल्टिएको छ ।

शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा बाटो माथिबाट ढुङ्गा खस्दा बस पल्टिएको हो ।दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।

बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको यात्रु बस अनियन्त्रित भएर पल्टिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो माथिबाट ढुङ्गा खस्दा चालक आत्तिएर नियन्त्रण गुमाउँदा बस पल्टिएको हो ।

अहिले उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026