आँबुखैरेनी बस दुर्घटनाका मृतक २७ जनाकै शव भारत लगियो

ट्रेन्डिङ

भरतपुर  ८ भदौ 

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दीमा खसेको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भारत लगिएको छ। भारतीय वायु सेनाको जहाजले भरतपुर विमानस्थलबाट उक्त शवहरू लगेको सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरञ्जिवी शर्माले  जानकारी दिए।

चितवन मेडिकल कलेजमा पोस्टमार्टमपछि शनिबार उक्त शवहरू भारत पठाइएको हो। मृतक २७ मध्ये २५ जनाको शव भारतीय वायु सेनाको जाहाजमार्फत पठाइएको हो।

अन्य दुई वटा शवहरू भने स्थलमार्ग हुँदै भारत पठाइएको शर्माले बताए। ‘चालक र सहचालकको शव नजिक पर्ने भएकाले स्थलमार्गबाट पठाइएको छ,’ उनले भने।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन्। उनी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेलाई भेटेर भरतपुर पुगेकी थिइन्।

शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको निधन भएको थियो।

पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बसमा ४३ जना सवार थिए। त्यसमध्ये २७ जनाको निधन भएको थियो भने बाँकी १७ जनाको उपचार भइरहेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026