आजको राशिफल : २०८१ साल भदौ ९ गते आइतबार

ट्रेन्डिङ

काठमाडौं ९ भदौ 

आज २०८१ साल भदौ ९ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट २५ तारिख।

मेष : साथीसँग रमाइलो गर्ने दिन छ। राज्यका नीति र नियमको चर्चा हुनेछ। लगानी र श्रमको क्षेत्रमा कामको सुरुवात हुनेछ। परिवारमा सकारात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा रुचि बढ्नेछ।

वृष : बोलीमा मोहनी रहेको छ। तपाईंको बोलीका कारण राम्रो काम बन्नेछ। परोपकारी संघ संस्थामा काम गर्ने अवसर मिल्ने योग छ। लगानीका क्षेत्रमध्ये न्यायिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नुका साथै न्याय पाउने दिन छ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

मिथुन : सञ्चित धन खर्च हुँदा मन अशान्त र उदास हुनेछ। लगानीका स्रोत दरिला भएकाले संकटमा राहत मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन सहजै बित्नेछ।

कर्कट : आम्दानीका स्रोतको खोजी गर्दागर्दै समय बित्नेछ। तपाईंको उन्नति देखेर विपक्षी समूह सक्रिय हुनेछ। झुटा आरोप लगाएर फसाउन खोज्ने व्यक्तिसँग सचेत बन्नु राम्रो हुन्छ। परिवारले शंकाको सूचीमा राखेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : भाग्य बलियो छ। दैनिकी सहज बन्नेछ। तपाईंले आफ्नो उचाई बुझ्न नसक्दा सानो कुरामा समस्या हुनसक्छ। हिम्मत गरेर सुरु गरेको श्रम र लगानीको क्षेत्रबाट उन्नति हुनेछ। परिवार, समाज र संगठनमा तपाईंको प्रशंसा हुनेछ।

कन्या : अप्रिय समाचारले मन अशान्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

तुला : प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने खतरा हुनसक्छ। संकटमा परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। तपाईंको योजना सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ। संस्कार र संस्कृति बिर्सिएमा संकट आइपर्ने देखिन्छ।

धनु : दैनिकी राम्रो छ। सानो लगानीबाट उद्यम क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको दोहोरो चरित्रले भने मन दुःखी हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मकर : मन धार्मिक क्षेत्रमा आकर्षित हुनेछ। यसले व्यवहारिक झन्झटबाट राहत मिल्नेछ। धार्मिक क्षेत्रको चर्चाले मन शान्त हुनेछ। व्यक्तिगत रुपमा गरेको लगानीमा विवादित हुने भएकाले संयुक्त लगानी गर्नु रम्रो हुनेछ। परिवारको सहायोगले दिन रमाइलोसँग बित्नेछ।

कुम्भ : दिन रमाइलो छ। राजनीतिक र सांगठनिक बलको आधारमा महत्त्वपूर्ण काम बन्नेछन्। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। व्यापारमा नाफा हुने योग छ। स्वास्थ्यमा भने पुरानो रोग बढ्ने जोखिम देखिन्छ। संकटमा परिवारको साथ र सायोग प्राप्त हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। व्यापारमा फाइदा हुनेछ। दैनिक काम र संगठनमा बढुवा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संस्कारमा ख्याल गरे परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026