सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

ट्रेन्डिङ

काठमाडौं ११ भदौ

सुर्खेतको वीरेन्द्रनगरमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् । सोही वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् । प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ ।

उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएको पाइएको छ । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026