मुना पाण्डे हत्यामा संलग्न अभियुक्तको तस्विर सार्वजनिक

ट्रेन्डिङ

टेक्सास १३ भदौ 

अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।

अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्विर सार्भवजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन । सीसीटिभी फुटेज अनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो ।नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026