एमालेको नयाँ कमिटी : रत्ननगर १२ मा दंगाल, १५ मा पन्त

ट्रेन्डिङ

रत्ननगर १७ भाद्र

नेकपा एमालेले रत्ननगरका दुई वटा वडामा नयाँ कमिटी गठन गरेको छ । वडा नं १२ र वडा नं १५ मा सम्पन्न वडा अधिवेशनले सर्वसम्मत नयाँ कमिटी गठन गरेको हो । वडा नं १२ मा निर्मला दंगाल र वडा नं कृष्ण पन्तको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको नगरकमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

वडा नं १२ वडा कमिटीको अध्यक्षमा दंगला सहित उपाध्यक्षमा सृजना दाहाल, सचिवमा लक्ष्मी घिमिरे, उपसचिवमा बुद्धि रानामगर र संगिता नेपाली तथा सदस्यहरुमा रामचन्द्र कोइराला, श्यामकृष्ण ढकाल, रुपेश अधिकारी, लिला बहादुर लम्साल र सल्लाहकार संयोजकमा डिल्लीप्रसाद भट्टराई चयन भएका छन् । वडा नं १५ वडा कमिटीको अध्यक्षमा कृष्ण पन्त सहित उपाध्यक्षमा भोजराज लामिछाने, सचिवमा मदन भूजेल, उपसचिवमा सरिता काफ्ले, उत्तम काप्री चयन भएका छन् । सदस्यहरुमा भीमप्रसाद सापकोटा, विकास ढकाल, मेघराज लम्साल, मनबहादुर बुढाथोकी, सुर्यकहादुर भूजेल, उपेन्द्रप्रसाद पोखरेल, पूर्णबहादुर आले, मीना लामिछाने, योगेन्द्र लामिछाने,रामकुमार वाइवा, शान्ता लामिछाने, श्यामबहादुर लामा, शोभाकर रेग्मी, लक्ष्मी खनाल, दीपक पन्त, रामकृष्ण खड्का, सुदिप गुरुङ, गणेश तामाङ, राधिका भट्टराई, जितवीर घलान, चित्रबहादुर वाइवा, मुना भट्ट, गीता वाइवा, मीना लामा, शर्मिला विक र रमेश ढकाल चयन भएको नेता आशिक तामाङले जानकारी दिए ।

वडा नं १२ मा रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, प्रदेश कमिटी सदस्यहरु कुलप्रसाद लामिछाने, राजाराम रेग्मी, जिल्ला कमिटी उपसचिव ज्वाला वन, जिल्ला सदस्य तथा वडा ईन्चार्ज पुष्पराज जोशी, जिल्ला सदस्यहरु क. प्रेमनाथ दवाडी, क. सुरज थपलिया निवर्तमान जिल्ला कमिटी सदस्य एवं नगर उपप्रमुख यादव प्रसाद पाठक, नेताहरु केशव आचार्य, राम शरण नेपाल, नगर कमिटी सचिवालय सदस्य कमलीकान्त घिमिरेको उपस्थिति रहेको थियो । वडा अधिवेशनमा पार्टीमा योगदान गरेका नारायणदत्त खनाल, लालचन्द्र दुलाल, सानुमाया लामा (निरुमाया), जालिपा नेपालीलाई सम्मान गरिएको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026