एन्फा महिला लिगमा त्रिभुवन आर्मी विजयी

ट्रेन्डिङ

काठमाडौँ  १९ भदौ

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा फुटबल क्लबलाई ४–० ले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । खेलको १९ औं मिनेटमा आर्मीले सावित्रीदेबी मगरको गोलमार्फत सुरुआती अग्रता लियो ।

त्यस्तै खेलको ६१ औं मिनेटमा विमला चौधरीले आर्मीका लागि गोल थपिन् भने खेलको ७१ औं मिनेटमा आर्मीका लागि विमलाले अर्को गोल गरिन् । त्यस्तै खेलको ७६ औं मिनेटमा अनिता लम्जेलले गोल गर्दै आर्मीलाई ४–० को जित दिलाइन् ।

जितसंगै आर्मीले तीन अंक बटुलेको छ । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026