मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

ट्रेन्डिङ

मकवानपुर २० भदौ

मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ।आज दिउँसो मकवानपुरस्थित ७ नम्बर बाहिनी अड्डा (चनवन ब्यारेक) बाट तालिमका लागि १८ सैनिक लिएर थाहा नगरपालिकाको सिमभन्ज्याङ जाँदै गरेको नेपाली सेनाको ट्रकमा अचानक आगलागी भएको हो।

आगलागीबाट बा १ ग ३४३६ नम्बरको ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ।ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको थियो ।

सापट भाँचिएर डिजल ट्यांकीमा लागेपछि डिजल चुहिएर आगलागी भएको सेनाको भनाइ छ।थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो निभाउन नसकेपछि ट्रक पुर्ण रुपमा जलेको छ ।

आगलागीमा मानवीय क्षति भने भएको छैन। तर तालिमका लागि लगिएका सामग्री नष्ट भएको प्रहरीले जनाएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026