चितवनमा भोलि एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता हुदै

ट्रेन्डिङ

चितवन २१ भदौ 

चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। यही भाद्र २२ गते शनिबार, भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । मर्निङ्ग फुटसल टिम (एम.एफ.टि.) का आयोजक कमिटि सदस्य दिपक पन्तले बताउनुभयो । पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ। एम एफ टि मर्निङ्ग फुटसलमा १६ ओटा ओटा समुहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । खेल सकिय लगत्तै बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै प्रतियोगिता भरिका सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही रु.२००० नगद प्रदान गरिनेछ । उक्त प्रतियोगिता चितवनको बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा हुने भएको छ।

मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा सक्ति प्यानल, रुद्र बील्डर्स, र चितवन व्हीलर्स रहेका छन्, त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक र डिजिटल पार्टनरका रुपमा वेबसफ्ट नेपाल रहनेछ । यस प्रतियोगीताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रीमीयर अटो ट्रेडर्स, एडु हब ग्लोबल, बन्जाई एजुकेसन, संगम इट्टा, तरेबा सेकुवा कर्नर र अन्य धेरै उद्योग तथा व्यवसायहरु रहेका छन्।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026