५७ हजार नेपाली भदौमा बैदेशिक रोजगारीमा गए,सबैभन्दा बढी युएईमा

ट्रेन्डिङ

NA Media
साउदीमा १० हजार ८३

भदौ महिनामा काम खोज्दै बिदेसिने नेपालीको संख्या ५७ हजार पुगेको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको छ।

विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ५७ हजार ४९३ नेपाली रोजगारका लागि बिदेसिएका हुन्। तथ्यांकअनुसार भदौमा पहिलो श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।

रोजगारी खोज्दे परदेश जानेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला छन्। म्यानपावर कम्पनीमार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना विदेश रोजगारीमा गएको विभागको सार्वजनिक तथ्यांकमा उल्लेख छ।सरकार–सरकार (जीटुजी) मार्फत १ हजार ३ नेपाली काम खोजीमा विदेश गएका छन्।

विभागका अनुसार भदौमा सबैभन्दा बढी नेपाली युएई गएका छन्। यूएईमा १८ हजार ६०५ नेपाली कामको खोजीमा गएका हुन्। कतारमा ११ हजार २९१, साउदीमा १० हजार ८३, कुवेतमा ४ हजार २१५ नेपाली पुगेका छन्।यस्तै, युरोपेली रोमानियामा १ हजार ८८८ जना नेपाली रोजगारका लागि गएको विभागको तथ्यांक छ।

कुनै बेला नेपाली श्रमिकको गन्तव्य मलेसियामा भदौमा १ हजार १९५ श्रमिक कामको खोजीमा गएको विभागले जनाएको छ। मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णयपछि नेपाली कामदार माग आउन छाडेको हो।

गत आर्थिक वर्ष २०८०/८१ को भदौमा वैदेशिक रोजगारीका लागि ५० हजार ८८४ जना नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026