बिनासकारी बाढी को कारण साउदीको कमाइ स्वाहा

ट्रेन्डिङ

NA Media

बिनासकारी बाढी ले रसुवा का टेक बहादुर तामाङ को साउदी को चर्को घाम मा बगाएर कमाएको ८ बर्षे कमाई स्वाहा भएको छ।
दक्षिणकाली चल्नाखेल मा तामाङ ले बङुर फार्म मा साउदी को कमाई लगानी गरेका थिए,१२ गते मध्यरातमा आएको बाढी ले उनको परिवार लाई तहसनहस बनाएर गयो ।

कमाइ सबै खोला ले लग्यो।

श्रीमती र छोरासहित त्यहाँ बंगुर र कुखुरापालन व्यवसाय गरेका तामाङ, २० लाखभन्दा बढीको सुँगुर बगेको सुनाउँछन् ।

घरभित्र खोला पस्न थालेपछि ज्यान जोगाउन भागाभाग भयो । मान्छे बच्यौं, अरु केही बाँकी रहेन।

बाढी ले आफ्नो सबै कमाई लगे पछि तामाङ ले अझै हार मानेका छैनन। उनी भन्छन कतै जग्गा पाइयो भने केही काम गर्नुपर्ला’ ।

टेकबहादुर जस्तै दमकका गंगाबहादुर मादेन १२ वर्ष साउदी अरबको चर्को गर्मीमा पाखुरा घोटेपछि ४ वर्षअघि नेपाल फर्किएका थिए । खाडीमा कमाएको केही बचत थियो, नेपालमै केही गर्ने सपना पनि ।

चल्नाखेलमै बंगुर पालन गर्दै आएका एकजना छिमेकी दिदीको सुझाब मा उनले बङुर पालन मा लगानी गरे।

काठमाडौंदेखि नजिकै र बजार माग पनि राम्रो माग रहेकाले उनले करिब ४० लाख लगानीमा ‘गंगा कुखुरा तथा पशु फार्म’ दर्ता गरे । ओसार पसारका लागि गाडी किने, वार्षिक १ लाख २० हजार रुपैयाँ तिर्ने गरी २ रोपनी जग्गा भाडामा लिए ।

‘खोरमा ६८ वटा बंगुर थिए । ११ सयवटा हाँस हुर्किसकेका थिए’, मादेनले भने, ‘बेच्न तयार भइसकेका थिए । त्यही बेचेर दसैं मनाउने कत्रो सोच थियो । सबै गयो । अब त खै ऋण पनि कसरी तिर्ने ?

खाइनखाई बचत गरेको पैसा सबै त्यसैमा लगानी गरिसकेका छन् । दशैंको छेकोमा बंगुर र र हाँस बेचेर कम्तीमा ५० लाख रुपैयाँ जति उठाउने उनको सपना थियो ।
उनले निराशा पोखे, ‘दशैंको बेला बाढी दशा बनेर आइदियो ।’
साभार श्रोत:अनलाईनखवर

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026