नारायणघाटमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ

ट्रेन्डिङ

NA Media
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारी पीडित चार जनालाई पक्राउ गरेको हो

चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए ।

त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए ।

हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर साहारा वहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए।सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026