बाढीपहिरो पिडित लाई साउदी अरब बाट २ लाख सहयोग

ट्रेन्डिङ

NA Media 

लमजुङ्ग बगुमका पहिरोपीडितहरु लाई साउदी अरबबाट आर्थिक सहयोग गरिएको छ।

गत असार ११ गते रातीको पहिरोबाट मानवीय क्षतिसहित घरबारबीहिन लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमका पहिरो पीडितलाई साउदी अरबमा रहेका नेपालीहरु ले सहयोग गरेका हुन् ।

साउदी अरबमा क्रियाशील तमू धीं नेपाल प्रवास शाखा साउदी अरब, रियाद फुटवल क्लवमा आवद्धलगायत लमजुङ साथै लमजुङ बाहिर घर भएका नेपालीहरुले पहिरोपीडितलाई २ लाख ८ हजार ८ सय रुपैयाँ सहयोग गरेका छन् ।

गत आईतबार लम्जुङ्ग को सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा पहिरोपीडितको घर पुनःनिर्माणका लागि अक्षयकोषमा राख्न राहत संकलन समिति संयोजक एवं आदर्श युवा क्लव बगुमका अध्यक्ष जुना घलेलाई हस्तान्तरण गरिएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026