दशैको दोस्रो दिनमा मोटर साईकल दुर्घटनामा अस्ताए १९ वर्षीय अमन चौधरी

ट्रेन्डिङ

चौधरी परिवारलाई दशैँ दशा बन्न पुग्यो ।

कपिलवस्तु जिल्लाको तौलिहवा सडक खण्डमा पर्ने फेदराहाट चोकमा  २७ असोज आईतवार बिहान ९:३९ बजे भएको दुर्घटनामा परि गम्भीर घाईते भएका अमन चौधरीको साझ चार वजे उपचारको क्रममा  बुटवल प्रा लि का डाक्टर  के.आई सिङको टिमले  मृत घोषित गरेको परिवार स्रोतबाट एन मिडियालाई जानाकारी प्राप्त भएको हो ।

बिहानको खाना खाएर साथीसंग साथीको मामाघर जान भनी आफ्नो निवास बाणगंगा न.पा. ११ ओदारीबाट साथीको मोटर साईकलमा हिडेका अमन अनि उनका साथी एक किलो मिटर पर फेदराहाट चोकमा पुगेर दाया तर्फ मोड्ने क्रममा पछाडीबाट द्रुत गतिमा आएको कपिलवस्तु न.पा ११ बनगाई वस्ने हिरा सिंह सुनार चडेको मोटर साईकलले ठक्कर दिदा उक्त घटना हुन् पुगेको प्रत्यदर्शीहरुको भनाई छ ।

गम्भीर घाईते भएका तीनै जनालाई हस्पिटल भर्ना भए पनि दुई जनाको स्वास्थ्य अवस्था सुधारजनक रहेको जानाकारी  प्राप्त भएको छ बाकि प्रसासनिक काम दुई जना घाईतेको स्वास्थ्य सुधार पछी अघि बढाईने ओदारी अस्थायी चौकी इन्चार्जले जानाकारी गराएका छन् । मृतक अमनको पंचकमा मृत्यु भएको कारण अन्तिम दाहसस्कार  शुक्रबार पन्चक सकिए पछी हुने मृतक अमनका बुवा अशोक चौधरीले जानकारी दिएका छन् ।

१९ वर्षीय अमन चौधरी दुई दिदी दूई भाई मध्यका कान्छा छोरा अमन हजुर बुवा हजुर आमा बाबा मम्मीसंग ओदारीमा बसी कपिलवस्तु  जितपुर चार नम्बर स्थित होराईजन आवासीसीय अंग्रेजी  बोर्डिंग स्कुलमा १२ कक्षामा अध्ययन गर्दै आएका थिए ।

हार्दिक श्रद्दान्जली अमन

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026