कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

ट्रेन्डिङ

NA Media
 नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सको मुख्य प्रायोजक अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा बनेको छ।

महिन्द्रा अग्नी ग्रुपसँग शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्।

कर्णाली याक्सको महिन्द्रा लेखिएको जर्सी पनि शुक्रबार नै सार्वजनिक गरिएको छ।कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता भएको छ। कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026