संबृद्दि बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३ औ बार्षिक साधारण सभा सम्पन्न

ट्रेन्डिङ

कपिलवस्तु,संबृद्दि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिल्ली राज अर्यालको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका निवर्तमान मेयर मंगल प्रसाद चौधरी , विशेष अतिथिमा संस्थाका निबर्तमान अध्यक्ष दिल्ली राज भुसाल ,विशिष्ट अतिथिमा समाजसेवी देव राज अर्याल, सोमनाथ अर्याल,बाणगङ्गा नगरपालिकाका ११ का वार्ड सदस्यहरु सावित्रा बि.क. ईम कला के.सी. वाजित वाजवुल लिन साह व्यावसायी  मनोहर योगी  तथा अतिथीहरुमा हथौसा सामुदायीक बनका अध्यक्ष स्याम कुमार गुप्ता,संस्थाका निबर्तमान अध्यक्ष लक्ष्मण कडेल,संस्थाका निबर्तमान अध्यक्ष नारायण खनाल,नन्द किसोर शुक्ल,बसन्त कडेल ,व्यावसायी राम चन्द्र अर्याल, मिना भुसाल सहित सेयर सदस्यबाट ५४० जनाको उपस्थित रहेको थियो ।

संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजेश चौधरीले प्रस्तुत गरेर सेयर सदस्यहरुबाट अनुमोदन गराएका ।

संस्थाले विगतका वर्षहरुमा जस्तै सेयर धनीहरु मध्यका एकल महिला,एकल पुरुषहरुलाई महिनाको सयको दरले वाह्र सय एकल भत्ता र   ,ज्यष्ट नागरीकहरुलाई  महिनाको दुई सयको दरले वर्षको चौविस सय एक मुस्ट रकम हस्तान्तरण गरी सम्मान गरेको थियो ।  संस्थाका सेयर धनीका छोरा छोरीहरुले उत्कृष्ट अंक ल्याएर एसईई ,बाह्र तथा व्याच्लारमा पास गरेकालाई पनि नगद तथा प्रमाण पत्रद्वारा सम्मान गरेको थियो भने असल ऋणी २५ जनालाई ०.५ प्रतिशत व्याज छुट मार्फत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्षले वार्षिक कार्य प्रगति तथा भविस्यका योजना विवरण प्रस्त्तुत गर्दै  संस्थाले सेयर सदस्य मध्येमा कष्टकर रोग  मृगौला पिडित, क्यान्सर पिडित जस्ता रोगीलाई विशेष सहयोग गर्ने तथा दैवी प्रकोप,मृत्युहरूमा विशेष सहयोग गरिरहेको र भविस्यमा पनि गरिरहने बताएका थिए ।

कार्यक्रमको अन्तिममा प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका निवर्तमान मेयर मंगल प्रसाद चौधरी लाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरि अध्यक्ष  दिल्ली राज अर्यालले कार्यक्रम समापन गरेका थिए ।

बाणगंगा नगरपालिकाको सामुदायीक भावनमा भएको उक्त कार्यक्रम संस्थाका सचिव हिराधर भट्टराईले संचालन गरेका थिए  ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026