नेपाली दुताबास,रियाद का लेबर काउन्सुलर देबेन्द्र कार्की नेपाल फर्कदै

ट्रेन्डिङ

°धौबजी

NA Media

नेपाली दुताबास,रियादमा लेबर काउन्सुलरको जिम्मेवारीमा कार्यरत देबेन्द्र कार्की नेपाल फर्कने भएका छन।

सन २०२२ जुलाई १९  दुताबासमा पोस्टिङ भएका कार्की कार्यकाल समाप्त भए पश्चात् ६ डिसेम्बर,शुक्रवार नेपाल फर्कन लागेका हुन।उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसचिव पदमा कार्यरत रहेका छन।

सरल र श्रमिक मैत्री छवि बनाएका कार्की कार्यकालभर कुनै बिबाद मा मुछिएनन।श्रमिकहरु को समस्या समाधानमा तत्परता देखाउने कार्की ले संघ,संस्थाहरु संग निकट सम्बन्ध कायम गरि श्रमिक सचेतना लगायतको कार्यलाई बिशेष रुपमा अघि बढाउन पहलकदमी लिएका थिए ।

एन ए मिडिया संग कुराकानी गर्दै कार्की ले साउदी अरबमा श्रमिकहरु लाई कानुन ले नै धेरै अधिकार दिएको तर सो समन्धी सचेतनाको कमिको कारण ले धेरै ले समस्या भोग्नु परेको अनुभव गरेको जनाउदै नेपाली श्रमिकहरु मा सचेतना अभिबृद्धि गर्नु पर्ने ध्यय ले विभिन्न पहल गरेको जनाए।साउदी मा आफ्नो कार्यकालमा अनुभव गरेको बिषयहरु लाई मन्त्रालयमा  रहदा सहजिकरण गर्ने उनले जनाए।

बुबा चक्र बहादुर कार्की र आमा धनमाया कार्की का सुपुत्र झापा गौरादह स्थाई निवासी कार्कीका श्रीमति र दुई छोरी छन।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026