रियादमा तमु सप्र्ही ल्होसार २०८१ मनाईदै

ट्रेन्डिङ

✍️ धौबजी

NA Media
साउदी अरबमा तमु ल्होसार मनाईने भएको छ।

रियादमा ३ जनवरी,शुक्रबार कार्यक्रम सहित ल्होसार मनाउन लागिएको हो।

तमु धिँ नेपाल प्रवास शाखा ,क्षेत्रीय समिती रियाद ले तमु सप्र्ही ल्होसार २०८१ को कार्यक्रम आयोजना गर्ने जनाएको छ।


तमु समुदाय को नयाँ बर्ष आरम्भ को अबसरमा मनाईने ल्होसार पर्व को अबसरमा रियादमा हुने कार्यक्रममा  तमुहरुको विविध मौलिक रितिरिवाज र परम्परा झल्काउने भेषभुषा, सांस्कृतिक नृत्यहरु चुट्का,कौडा,झाँकी नाच लगायतको बिशेष प्रस्तुती साथै बिबिध मनोरञ्जनात्मक सान्स्कृतिक प्रस्तुती समेत रहने आयोजक ले जानकारी दिएको छ ।

रियाद स्थित एग्जिट १८ को सभाहल मा  कार्यक्रम बिहान ११ बजे देखि ६ बजे सम्म हुनेछ।

कार्यक्रम मा सहभागिता जनाउन आयोजक ले सम्पुर्णमा आग्रह गरेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026