अमेरिकामाआइतबारदेखि टिकटक बन्द

ट्रेन्डिङ

भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकामा टिकटक निकै लोकप्रिय छ, जहाँ करिब १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित गर्न कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेको द वाशिङ्टन पोस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । टिकटकमाथि प्रयोगकर्ताको डाटाको दुरुपयोग र चिनियाँ सरकारसँगको सम्बन्ध रहेको आरोप लागेको छ।

यसैबीच, अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । अस्ति मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ, सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटले जनाएको छ।

सन् २०१३ मा स्थापना भएको रेडनोट चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो, जसलाई चीनको इन्स्टाग्राम भनिन्छ । यस एपमा ३० करोड मासिक प्रयोगकर्ता छन्, जहाँ प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन्।

©जनबोली 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026