नेपाल तामाङ घेदुङ,शाखा साउदि अरबको अध्यक्षमा अमृत घिसिङ तामाङ,२९ सदस्यीय कार्यसमिती चयन

ट्रेन्डिङ

✍️ श्री कृष्ण श्रेष्ठ’धौबजी’

NA Media

नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिबेशन रियाद मा सम्पन्न भएको छ।

२४ जनवरीका दिन सम्पन्न अधिबेशन ले अमृत घिसिङ तामाङ को अध्यक्ष र  महासचिबमा रोशन घ्लान तामाङ सहित २९ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ।

समितीमा प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष रुपक वाईबा तामाङ,संरक्षकमा दावा घिसिङ तामाङ,सल्लाहकारमा शन्तबिर घिसिङ तामाङ र  मनिश तामाङ चयन भएका छन।

रियाद मा सम्पन्न अधिबेशन साथै सोनाम ल्होसारको अबसरमा सान्स्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।रुपक वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा महामहिम नेपाली राजदुत प्रा.डा नरेश बिक्रम ढकाल,अतिथीहरुमा नेपाली दुताबासका प्रथम सचिब टिकाराम उपाध्याय,लेबर काउन्सुलर कबिराज उप्रेती लगायत विभिन्न संस्थाका प्रतिनिधीहरु रहेका थिए ।

मञ्जुश्री संम्वत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रममा नेपाल बाट आएका राष्ट्रिय कलाकार गायक  रोज मोक्तान र  सेलो गायिका सुमिना लो तामाङ  साथै  साउदी अरबमा कार्यरत स्थानिय नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबको आयोजनामा सम्पन्न कार्यक्रममा १५०० भन्दा बढीको उपस्थिती रहेको थियो।तामाङ समुदाय को मौलिक पोशाक साथै संस्कृति को समुच्च उच्च प्रदर्शनी समेत देखिएको  कार्यक्रम को संचालन नागेश तामाङ ले गरेका थिए।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026