साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

ट्रेन्डिङ

✍️श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

एन ए मिडिया

तामाङ समुदाय को नयाँ बर्ष मञ्जुश्री संवत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार कार्यक्रम सहित दमाम मा मनाईने भएको छ।

नेपाल तामाङ घेदुङ पुर्बी क्षेत्रीय समन्वय समितिको आयोजनामा ३१ जनवरी,शुक्रबारका दिन दमाम- जुबेल हाइवे सिहात मा रहेको ईस्तारामा ल्होसार कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष बिजय लामा ले जनाएका छन।

कार्यक्रममा तामाङहरुको विविध मौलिक रितिरिवाज र परम्परालाई झल्किने गरि तामाङ भेषभुषामा सांस्कृतिक नृत्यहरु ,डम्फु सेलो नाच, म्हेन्दोमाया नाच रहने जनाईएको छ ।

कार्यक्रम स्थल सम्म जान आउन यातायात को ब्यबस्था(दमामको सिको गर्डेन बाट यातायात को ब्यवस्था ।
बस छुट्ने समय: बिहान १०:३० बजे र दिउसो १२:३० बजे) गरिएको जनाउदै अध्यक्ष लामा ले सबै मा उपस्थिती को लागि आग्रह गरेका छन।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026