इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

ट्रेन्डिङ

  • संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इरान-इजरायल द्वन्द्वबारे आपत्कालीन बैठक बोलाएको छ।

  • बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको आग्रहमा बैठक शनिबार न्युयोर्कमा हुने तय भएको छ।

  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सैन्य कारबाहीको आलोचना गर्दै तत्काल रोक्न माग गर्नुभएको छ।

न्युयोर्कमा शनिबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाइएको छ। इरान-इजरायल द्वन्द्व जारी रहँदा बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको आग्रहमा यो बैठक बोलाइएको हो।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा शनिबार भएको सैन्य कारबाही को आलोचना गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले यस्ता कारबाहीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई कमजोर बनाउने बताएका छन्। उनले यसलाई तत्काल रोक्न माग पनि गरेका छन्।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व नयाँ द्वन्द्वमा फसेको बेला शनिबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको हो।
यस बैठकको अध्यक्षता बेलायतले गर्नेछ, जसले यस महिना परिषद्को अध्यक्षता सम्हालिरहेको छ।

राष्ट्रसंघका लागि रुसी नियोगले ‘अमेरिका र इजरायलले इरान (इस्लामिक गणतन्त्र) विरुद्ध गरेको बिना उक्साहटको सशस्त्र आक्रमणको सन्दर्भमा’ रुस र चीनले आपत्कालीन बैठकको माग गरेको बताएको छ। साथै, फ्रान्स, बहराइन र कोलम्बियाले पनि यो बैठक आह्वान गरेको बताइएको छ।

रुसी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा परिषद्को बैठकमा हामी अमेरिका र इजरायललाई आफ्ना गैरकानुनी र उत्तेजक कार्यहरू तत्काल रोक्न र राजनीतिक तथा कूटनीतिक समाधानको बाटोमा लाग्न माग गर्नेछौं।’

एक राष्ट्रसंघीय कूटनीतिज्ञका अनुसार महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्को यस सत्रमा सम्बोधन गर्ने योजना बनाएका छन्।

 

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025