ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

ट्रेन्डिङ

१० साउन

पेरिस ओलम्पिकको फुटबलमा खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित भएको निर्णय सार्वजनिक भएको छ। विवाद र अन्योलतामा २-२ को बराबरीमा टुंगिएको खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना २-१ ले पराजित भएको निर्णय सार्वजनिक भएको हो।

समूह ‘बी’को अर्जेन्टिनाले अन्तिम समयमा गरेको गोललाई भारले मान्यता नदिएपछि निर्णय विवादास्पद देखिएको हो। अर्जेन्टिनाले यो निर्णयलाई फुटबलकै बेइज्जत भनेको छ। प्रशिक्षक ज्याभिएर मास्केरानाले यस्तो बताएका हुन्।

खेलको क्रममा दर्शकले तनाव सिर्जना गरेपछि यसको निर्णय खाली रंगशालामा दुई घण्टापछि भएको थियो। निर्धारित अवधिभर खेल २-२ को बराबरीमा टुंगिएको मानिएको थियो। यो खेल जेफरोय गुइचार्ड रंगशालामा गएराति भएको थियो।

मैदान र दर्शक दीर्घामा विवाद भएपछि दोस्रो हाफको अतिरिक्त समयको १६ औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन मेडिनाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। त्यसपछि दर्शकले मैदानमा उपद्रो मच्चाएका थिए। अर्जेन्टिनाको गोल लगत्तै रेफ्रीले खेल सकिएको निर्णय गरेका थिए। दुवै टिमले मैदान छोडेका थिए। तर यो खेलको अन्तिम निर्णय भने दुई घण्टापछि आएको हो।

पेरिस ओलम्पिक अन्तर्गत फुटबलका अन्य खेलमा समूह ‘बी’ मा इराकले युक्रेनलाई २-१ ले पराजित गरेको छ। समूह ‘डी’को जापानले पाराग्वेमाथि ५-० को जित निकालेको छ। समूह ‘सी’को खेलमा उज्वेकिस्तान स्पेनसँग २-१ ले पराजित भएको छ भने डोमिनिक रिपब्लिक र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026