नेपाल चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी

ट्रेन्डिङ

काठमाडौँ १० साउन

नेपाल चलचित्र विकास बोर्डबाट भुवन केसी बिदा भएका छन्।

बोर्डको २ वर्षको अध्यक्षको कार्यकाल सकिएपछि उनी बिदा भएका हुन्।साउन ८ गते केसीको कार्यकाल सकिएको थियो। आज बिहीबार बोर्डको हलमा कार्यक्रम गर्दै उनको औपचारिक बिदाइ गरिएको हो।

कार्यक्रममा केसीलाई माला लगाउँदै फ्रेमिङ गरिएको ठूलो फोटोसमेत प्रदान गरिएको थियो।केसीले २ वर्षे कार्यकालमा आफूले धेरै कुरा सिक्न पाएको सुनाए। चलचित्र क्षेत्रका समस्या र चुनौतीलाई आफ्नो अनुभव र क्षमताले भ्याएसम्म समाधान गर्ने प्रयास गरेको उनको दाबी थियो।

कार्यक्रममा उनको २ वर्षे कार्यकालको मुख्य उपलब्धि समेटिएको पुस्तकसमेत सार्वजनिक गरिएको थियो। जसमा उनका उपलब्धिदेखि आगामी कार्यदिशाहरू समेत प्रस्तुत गरिएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026