कालिकाको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण

ट्रेन्डिङ

 

रत्ननगर १० साउन 

चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण गरिएको छ । धार्मिक वनको सौन्दर्य बढाउने उद्धेश्यले हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिले बिहीवार वृक्ष रोपण गरेको छ ।

धार्मिक वनका अध्यक्ष जित वहादुर सिंतानका अनुसार वन क्षेत्र भित्र अशोक, म्याङ्गो स्टिक, गोलमोल, धुपी, टाँकी, अम्बा, सुपारी, लिच्चि, आँप लगाएत फलफुलको बिरुवा रोपिएको छ । कालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, डिभिजन वन कार्यालयका अधिकृत, वनका सदस्यहरुको उपस्थितिमा वृक्ष रोपण गरिएको उनले जानकारी दिए । वृक्षरोपण कार्यक्रमले धार्मिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले वृक्ष रोपण मात्रै नभई रोपिएका विरुवालाई संरक्षण गर्न पनि उतिक्कै आवश्यक भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने साथै वृक्षरोपण गर्ने कामसंगै हुर्काउनका लागि सबैलाई लाग्न आग्रह गरे । वृक्षारोपणले थप हरियाली बढने उनले बताए । धार्मिक वनलाई नगरले व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता समेत जनाए । वन र पर्यावरण, वन र हावापानी, वन र मानव स्वास्थ्य बिचको सम्बन्ध र वनको महत्वलाई बुझेर यसको संरक्षणमा लाग्नुपर्ने नगर प्रमुख रेग्मीले बताए ।

उपप्रमुख बिमला तामाङले धार्मिक वन आफैले संरक्षण गर्ने नीति सफल बनेको बताइन् । डिभिजन वन कार्यालयले धार्मिक वन संरक्षणको जिम्मा स्थानीयलाई प्रदान गरेपछि वन संरक्षणमा सफलता मिलेको बताएन् । विगतमा वन विनाश तिव्र हुने गरेकोमा वन कार्यालयले स्थानीयबाट संरक्षण गर्ने नीति सँगै धार्मिक वनको अवधारणा आएपछि वन संरक्षण हुन पुगेको उनको भनाईछ । धार्मिक वनमा गरिको वृक्ष रोपणलाई सफल बनाउन यसको संरक्षणमा ध्यान दिनुपर्ने समेत उनले बताइन् ।

वि.स २०७२ सालमा स्थापना भएको सो धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ तर वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न नपाइने व्यवस्था छ ।

धार्मिक वनका अध्यक्ष सिंतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत, विभिन्न सामुदायिक वनहरुका अध्यक्ष तथा प्रतिनिधि, वन उपभोक्ता साितिका सदस्यहरुको सहभागिता रहेको थियो । हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिका सह सचिव इन्द्र वहादुर सिंतानले कार्यक्रम सञ्चालन गरेका थिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026