घर भित्र आगो तापेर बसेका तीन किशोरीको पहिरोमा पुरिएर मृत्यु

ट्रेन्डिङ

काठमाडौं ११  साउन 

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।

स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो । घट्ना लगत्तै स्थानीयहरु जम्मा भएर उद्धारमा जुटेका थिए ।

पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए ।

घट्नास्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ति नजिकैको छत्तिवने खोलामा आएको बाढीले रोकेर घट्नास्थलसम्म जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंहले बताए । घट्नास्थलमा बेताली प्रहरी चौकीका प्रहरी उद्धारमा पुगेको स्थानीयहरुले जानकारी दिएका छन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025