खोलाले बगाउदा ज्यान गुमाएका चेपाङ परिवारलाई कालिका नगरपालिका द्धारा राहत

ट्रेन्डिङ

 

रत्ननगर १२ साउन 

चितवनको कालिका नगरपालिका वडा नं. १० सिद्धिमा रहेको कयर खोला तर्ने क्रममा ज्यान गुमाएका चेपाङ परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं. १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको हो ।

साउन १० गते सिद्धि बजारबाट घर फर्कने क्रममा चेपाङलाई कयर खोलाले बगाउदा ज्यान गएको थियो । ज्यान गुमाएका चेपाङको २ छोरा, २ छोरी, श्रीमती, बुबा, आमा सहित ७ जनाको परिवार रहेको छ । कालिका नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढी पहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

राहत बितरण कार्यक्रममा उपमेयर विमला तामाङ, वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, वडा नं. १० का अध्यक्ष नरजंग प्रजा, वडा सदस्यहरू, विपद् व्यवस्थापन समितिका प्राविधिक जिवेश जोशी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026