भारतसँग श्रीलंका ४३ रनले पराजित

ट्रेन्डिङ

१३ श्रावण

श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा घरेलु टोलीमाथि सहज जित निकालेको छ। ​ श्रीलंकाको पाल्लिखेमा शनिबार राति भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ७० रन मात्र बनायो। श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए। उनले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए।

पहिलो विकेटका लागि निशंका र मेन्डिसले ८४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि लगातार विकेट गुमाउँदा श्रीलंकाले हार टार्न सकेन।

कुशल परेराले २०, कमान्डु मेन्डिसले १२ र मथिशा पथिरानाले ६ रन जोडे । भारतका लागि रियान परागले ३, अर्शदिप सिंह र अक्षर पटेलले समान २ तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए। उनले २६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

रिषभ पन्तले ३३ बलमा ४९ रन बनाउँदा ओपनर यशस्वी जैसवालले २१ बलमा ४० रन बनाए । शुभमन गिलले ३४, अक्षर पटेलले अविजित १० तथा हार्दिक पान्ड्याले ९ रन बनाए।श्रीलंकाका लागि मथिशा पथिरानाले ४ ओभरमा ४० रन खर्चिएर ४ विकेट लिए । दिल्शान मधुशंका, आसिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान १ विकेट लिए। दोस्रो टी-ट्वान्टी आई आज हुनेछ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025