माओवादी पदाधिकारी बैठक : जनतामा फर्किनुपर्नेमा जोड

ट्रेन्डिङ

काठमाडौं१३ साउन

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले अब जनतामा जानुको विकल्प नरहेको सुझाव दिएका छन् । आजज (आइतबार) को बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, गणेश शाह, हितमान शाक्य, गिरीराजमणि पोखरेल र श्रीराम ढकालले वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए । सो क्रममा उनीहरुले अब जनता र वर्गसँगको कडीलाई बलियो बनाउनुको विकल्प नरहेको धारणा राखेका हुन् ।

‘परिस्थिति अत्यन्तै धेरै जटिल, पेचिलो छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरु पनि छन् । हामीले एक खालको सन्देश दिएर सरकारबाट बाहिरिएका छौं । अब हामीले जनतामा जानुपर्छ । जनतामा गएर वर्गसितको कडी अलि कमजोर भएको छ । हामी जनता र वर्गतिर फर्कन पर्छ भन्ने छ,’– बैठकमा नेताहरुले राखेको धारणा उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

प्रवक्ता सापकोटाले माओवादी अहिले ठूलो रुपान्तरणको प्रक्रियामा रहेको बताए । उनले पर्सीसम्म पदाधिकारी बैठक सकिने र लगत्तै स्थायी कमिटी बैठक बस्ने बताए । त्यसपछि केन्द्रीय समिति बैठक बसेर माओवादी जनतामाझ पुग्ने, जनताले भनेका कुराहरु सुन्ने र पार्टीप्रति जनताको धारणालाई खुल्ला रुपमा छलफल गर्ने उनले बताए । जनताबाट प्राप्त सुझावका आधारमा माओवादीले अब विचार, रणनीति, सिद्धान्तमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

साथै, उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले सामाजिक न्याय र सुशासनको सन्दर्भमा गरेको कामबाट जनतामा गएको सन्देश र भएका कमीकमजोरीहरुको जस अपजस सामूहिक रुपमा लिएर कमीकमजोरीप्रति गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025