ट्रकले स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु

ट्रेन्डिङ

काठमाडौं१३ साउन

काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बालको मृत्यु भएको छ ।

ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिएको थियो । स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता झापाको झापा गाउँपालिका-३ फुलगाछी चोकस्थित सडकमा प्रदेश १-०१-०१६ प-१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025