पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, बालिकाको मृत्यु

ट्रेन्डिङ

पोखरा १४ साउन 

पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन् ।
सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा–१७, फुस्रेखोलानेर दुर्घटना भएको हो।

दुर्घटनामा एक छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालक गरी २४ जना थिए।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026