पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, बालिकाको मृत्यु

ट्रेन्डिङ

पोखरा १४ साउन 

पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन् ।
सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा–१७, फुस्रेखोलानेर दुर्घटना भएको हो।

दुर्घटनामा एक छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालक गरी २४ जना थिए।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025