पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

ट्रेन्डिङ

१५ साउन 

जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् ।

मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै काश्य पदक जितेका हुन् ।

यस अघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै काश्य पदक जितेकी थिइन् । पहिलो काश्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।

यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडी समेत बनेकी छन् ।

यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025