बल्खु खोलामा एक जनाको शव फेला

ट्रेन्डिङ

काठमाडौं १६ साउन 

काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।

बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी(खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026