इजरायली आक्रमणमा परि हमास प्रमुख इस्माइल हानियाको मृत्यु

ट्रेन्डिङ

१६ साउन 

इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको छ।बीबीसीका अनुसार हमासले ईरानको राजधानी तेहरानमा गरेको आक्रमणमा परी हानियाको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले आज एक वक्तव्य जारी गर्दै तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको आक्रमणमा परी उनको निधन भएको बताएको हो। तर, यसबारेमा इजरायलको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन।

हमासका अनुसार कतारमा रहँदै आएका हानिया ईरानका नयाँ राष्ट्रपति मसूद पेजेश्कियानको पदभार ग्रहण समारोहका लागि तेहरान गएका थिए।ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एकजना सुरक्षाकर्मी पनि आक्रमणमा मारिएका छन्।

हनिया मारिएको बारेमा ईरानी सरकारी सञ्चार माध्यमहरूले पनि पुष्टि गरेका छन्।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025