नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु

ट्रेन्डिङ

काठमाडौँ १६ साउन 

नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ पिप्ले बस्ने बिना भण्डारीको छोरा ६ वर्षीय बिक्रम लामिछानेको चिप्चिन्डे खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ बस्ने ६७ वर्षीय तेजबहादुर भण्डारीको चिराघाट खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025