नवनियुक्त तीन प्रदेश प्रमुखहरूको शपथ ग्रहण आज

ट्रेन्डिङ

काठमाडौं  १७ साउन 

नवनियुक्त तीन प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार साँझ ५ बजे प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम रहेको छ । सत्ता समीकरण फेरबदल भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025