काभा वुमन्स नेसन्स भलिबल : नेपाल र श्रीलंका भिड्दै

ट्रेन्डिङ

काठमाडौं  १७ साउन 

काभा महिला नेसन्स भलिबल लिगको उद्घाटन खेलमा घरेलु टिम नेपालले आज श्रीलंकाको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । आजै हुने अर्को खेलमा भारत र इरान प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतियोगिताको तयारीका निम्ति नेपालले यसअघि रुसी टिमसँग दुई मैत्रीपूर्ण भलिबल खेलेको थियो । तर, उक्त दुवै खेलमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।

आज नेपाली टिम अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रनेछ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025