काभा वुमन्स नेसन्स भलिबल : नेपाल र श्रीलंका भिड्दै

ट्रेन्डिङ

काठमाडौं  १७ साउन 

काभा महिला नेसन्स भलिबल लिगको उद्घाटन खेलमा घरेलु टिम नेपालले आज श्रीलंकाको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । आजै हुने अर्को खेलमा भारत र इरान प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतियोगिताको तयारीका निम्ति नेपालले यसअघि रुसी टिमसँग दुई मैत्रीपूर्ण भलिबल खेलेको थियो । तर, उक्त दुवै खेलमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।

आज नेपाली टिम अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रनेछ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026