सौर्य एयरलाइन्सका पाइलट शाक्यलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी

ट्रेन्डिङ

काठमाडौं १७ साउन 

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भइ काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत पाइलट मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

स्वास्थ्यमा सुधार हुँदै गएपछि अस्पतालले शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरेको अस्पतालका निर्देशक प्राडा मीना थापाले जानकार दिइन् ।

पाइलट शाक्य सामान्य हिँडडुल गर्न सक्ने भएको थापाको भनाइ छ । हड्डी भाँचिएका कारण शाक्यले फलोअप भने गरिरहनु पर्ने उनले बताइन् ।अस्पतालले डिस्चार्ज लिन सक्ने भने पनि शाक्यको परिवारले भने निर्णय गरिसकेको छैन ।

जहाज दुर्घटनामा शाक्यको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको थियो । साथै ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् ।

गत बुधबार काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको बिमान दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । पाइलट शाक्यको भने सकुशल उद्धार भएको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026