डडेल्धुरामा मृत चितुवा फेला

ट्रेन्डिङ

डडेल्धुरा १७ साउन 

डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ । गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।

आज अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवा कसरी मर्यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

केही दिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025