डडेल्धुरामा मृत चितुवा फेला

ट्रेन्डिङ

डडेल्धुरा १७ साउन 

डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ । गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।

आज अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवा कसरी मर्यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

केही दिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026