देशभर रिलिज भयो ‘मोदीबेनी’

ट्रेन्डिङ

काठमाडौँ १८साउन

उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’ सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सयभन्दा धेरै शोहरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए ।

यो चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् । रिलिजको दुई दिनअघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो ।

एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो । चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो ।

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ ।

यो चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।

चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025