सुनको मूल्य हालसम्मकै उच्च

ट्रेन्डिङ

काठमाडौँ १८साउन

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025