मकवानपुरमा सुमो दुर्घटनाः १० जना घाइते

ट्रेन्डिङ

काठमाडौँ  १९साउन

हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते भएका छन् ।

शनिबार बिहान ७ः२० बजेको समयमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो पल्टिदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ पर्दछ ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025