मकवानपुरमा सुमो दुर्घटनाः १० जना घाइते

ट्रेन्डिङ

काठमाडौँ  १९साउन

हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते भएका छन् ।

शनिबार बिहान ७ः२० बजेको समयमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो पल्टिदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ पर्दछ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026